
नेपाल ओलम्पियन्स एसोसिएसनले सामाखुशीस्थित नेपाल पुलिस स्कुलमा बिहीबार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ ।
अघिल्लो दिन बुधबार ड्याफोडिल पब्लिक स्कुलमा पनि उक्त कार्यक्रम भएको थियो । २०७८ को चैतमा सुर्खेतबाट सुरु भएको स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका कुल १९ ठाउँमा आयोजना भइसकेको छ ।