नेपालले बिलि जिन किङ कपमा मंगलबार विजयी सुरुआत गरेको छ । समूह ‘बी’ को खेलमा नेपालले म्यान्मारलाई २–१ ले पराजित गरेको नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य अजय विष्टले जनाएका छन् ।
श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा निलर विनले नेपालकी शिभाली गुरुङलाई ७–५, ४–६ र ६–१ ले पराजित गरिन् । अर्को सिंगल्समा नेपालकी अभिलाषा विष्टले टे टे मिन्टलाई ६–२ र ६–३ को सोझो सेटमा हराइन् । डबल्समा शिभाली र अभिलाषाको जोडीले थिरी सियोन र निलरको जोडीलाई ७–५ र ७–६ ले पाखा लगाए । नेपालले बुधबार कतार विरुद्ध खेल्ने छ ।
