वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा १० किमि दौड हुने

गणेशमान सिंह १० किमि दौडको पाँचौं संस्करण असार १४ गते  हुने भएको छ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा प्रतियोगिता हुन लागेको हो। शेर्पा मल दरवारमार्गबाट सुरु हुने भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्शाल, जय नेपाल हल हुँदै सुरुआती विन्दुमै आएर सकिने आयोजकले जनाएको छ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने दौडमा महिला र पुरुष खुला स्पर्धा समावेश छ। दुवैतर्फका विजेताले ६० हजार रुपैयाँ पाउनेछन्। यसैगरी दोस्रोदेखि पाँचौं स्थानमा रहनेलाई क्रमशः  ३०, १५, १० र ५ हजार रुपैयाँ प्रदान गरिनेछ।  

प्रतियोगितामा ४५० भन्दाबढि खेलाडीले सहभागिता जनाउने आयोजकको अनुमान छ। कोर्ष रेर्कड कायम गर्ने पहिलो खेलाडीलाई थप १० हजार प्रदान गरिने छ। 

१० किमि दौडमा महिलातर्फ राजपुरा पछाईको ३६ मिनेट ४३.२ सेकेन्ड र पुरुषतर्फ गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेण्डको कोर्ष रेर्कड छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ