बास्केटबल कोशी र बागमतीलाई उपाधि


यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्री बाइ थ्री बास्केटबलको उपाधि कोशी र बागमतीले जितेका छन् । कोशी छात्र तथा बागमती छात्रामा च्याम्पियन बने ।
त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७–१२ ले पराजित ग¥यो । लुम्बिनी तेश्रो भयो ।
छात्राको उपाधि भिडन्तमा बागमतीले कर्णालीलाई १५–३ ले हरायो । कोशीले तेश्रो स्थानमा चित्त बुझायो ।
विजेतालाई राखेप कार्यकारी समितिकी सदस्य एवं प्रतियोगिता संयोजक रञ्जना प्रधान, विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत   गरे । छात्र÷छात्रा दुवैमा समान ७–७ प्रदेशका टिम सहभागी थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ