एन्जल्स हर्ट नेसनल स्कूल द्वारा अन्तर्राष्ट्रिय पदक विजेता एरिका गुरूङ सम्मानित

एन्जल्स हर्ट नेसनल स्कूलले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई सम्मान पत्रका साथ सम्मान गरियो ।

यस खेलाडी सम्मान कार्यक्रमका सभापति स्कूलका प्रिन्सिपल टक बहादुर थापा ज्यूले गर्नु भयो ।
प्रमुख अतिथिमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन ज्यू, विशेष अतिथिमा नेपाल ओलम्पिक कमिटिका सचिव तथा नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ ज्यू, साथै विशेष अतिथिमा नेपाल करातें महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण के सि ज्यू ,
साथै यसै स्कुलका प्रशिक्षक तथा एसियन कराते रेफ्रि महेश महर्जनले व्यक्तिगत नगद पुरस्कार सहित सम्मान गर्नु भयो ।
सम्मानित हुने खेलाडीहरूमा

एरिका गुरूङ ( विश्व कराते महासंघको आयोजनामा मोरक्कोमा May 30 & June 1st 2025 मा सम्पन्न भएको कराते प्रिमियर लिगमा नेपालको लागी कास्य पदक प्राप्त गर्न सफल,
त्यसतै श्रीलंकामा May 24 & 25 2025 मा सम्पन्न भएको
९ औँ एसियन गोजुरियो कराते प्रतियोगितामा नेपाललाई तीन स्वर्ण दिलाउन सफल खेलाडीहरू,
एनोज महर्जनले सिनियर व्यक्तिगत काता विधामा स्वर्ण पदक ।
करिना पुरीले सिनियर कुमुते -५५ केजी तौल समूहमा स्वर्ण पदक र
मनिषा रानाभाटले ६१ केजी भन्दा माथिको तौल समूहमा स्वर्ण पदक दिलाउन सफल खेलाडीहरूलाई सम्मान साथै रवि शाहि लाई पनि एसियन गोजुरियो करातेको रेफ्रि कमिसनको अध्यक्ष हुनु भएकोमा पनि सम्मान गरियो l साथै काठमाण्डूमा भएको आईसीसी यू१९ मेन्स क्रिकेट वर्ल्ड कप एशिया क्वालिफायर अन्तर्गत नेपाललेको लागि उत्कृष्ट प्रदसन गर्न सफल खेलाडी युवराज खत्रीलाई पनि सम्मान गरियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ