
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ ।स्कटल्यान्डको डुन्डीमाआइतबार सम्पन्न खेलमा नेपाल दुई रनले पराजित भएको हो ।
स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३२१ रनमा अल आउट भयो ।
भीमले सार्कीले अर्धशतक बनाउँदै ७३ रन बनाए । भीमले ८५ बलमा आठ चौका प्रहार गरे ।सोमपालले कामीले ६७, दिपेन्द्र ऐरीले ५६, आरिफ शेखले ३९, कुशल भुर्तेल र करण केसीले १७–१७ रन जोडे ।
त्यस अघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार गरेको थियो ।
स्कटल्यान्डका कप्तान रिचीबेरिङ्टनले शतकी यइनिङ खेले । बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्का सहित१०२ रनको योगदान गरे ।माइकल लिस्कले ९६, चार्ली टेयरले ६८ रन जोडे ।
नेपालका करण केसी र दिपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए । ललित नारायण राजवंशीको एक विकेट लिएका थिए ।