प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रियक्रिकेट प्रतियोगिताको छैठौं दिन गण्डकीले कोशीसामु १ सय ७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ।
प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरुले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरुले २ सय ५६ रनको योगफलखडा गरे ।
पूरा ५० ओभर खेलेको कोशीले ९ विकेटको नोक्सानीमा २ सय ५७ को लक्ष्यखडा गर्दा गण्डकीका बलरहरुले नियन्त्रण गुमाउँदाको परिणाम स्वरुप कोशीको स्कोरबोर्डमा ५० अतिरिक्त रन जोडिन पुग्यो ।
टस जितेर पहिला ब्यांटिग थालेको कोशीका लागि सुगम बुढाथोकीले ७५ बल खेल्दै नटआउट सर्वाधिक ६८ रनको योगदान दिंदा अप्mफनताहिर र रविनमण्डलले समान३९ रन जोडे भने सकुशल श्रेष्ठले ३० रन बनाए ।
३ दशमलव ६ को औसतमा अरु भन्दा किफायति सावित भएका गण्डकीका शुशील भुसालले आप्mनो जिम्माको १० ओभर बलिंग गर्दा ३ मेडन र ४६ डट फाल्दै ३६रन दिएर ४ विकेट लिए ।
यस्तै रिदम पाण्डे र अनिष राउतले समान दुई दुई विकेट लिए ।ब्याटिंगमा ४ चौका र एक छक्का सहित३९ रन तथा बलिंगमा ७ओभर ४ बल बलिंग गर्दै ४ मेडन ४६ डट खेलेर ५ विकेट लिएका कोशीका रविन मण्डल प्लेयर अफदिम्याच बने ।
२ सय ५७ रनको मध्यम लक्ष्य पाएपनि बलिंगमा झैंब्यांिटंगमा पनि फितलो प्रदर्शन गरेको गण्डकीका लागि विनय कार्कीले १६, भुवन भट्टराईले १४ र सुप्रिम सुनारले नटआउट १२ रनबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् ।
फलस्वरुप जम्मा २२ ओभर ४ बलमा ८५ रन मात्र जोडेर गण्डकी अलआउट हुन पुग्यो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ