अर्हन्त सिंह र बिपना ब्लोनले जिते स्क्वास उपाधि


२४ जेष्ठ गते, ललितपुर ।
नेपाल स्क्वाश एकेडेमी, सतदोबाटोमा सम्पन्न प्रथम बागमती प्रेसिडेण्ट स्क्वास कप २०८२ को उपाधि पुरुष तर्फ अर्हन्त केशर सिंह र महिला तर्फ बिपना ब्लोनले जितेका छन्।

शनिवार सम्पन्न पुरुष स्क्वास फाइनल खेलमा शीर्ष खेलाडी अर्हन्तले पाँचौं वरियताका प्रतिद्वन्द्वी पासाङ्ग ब्लोनलाई ११-८, ११-९ र ११- ९ को स्कोरले पराजित गर्न सफल भए।
अर्हन्तले उपाधि सँगै नगद पुरस्कार १५ हजार, ट्रफि, गोल्ड मेडल र प्रमाणपत्र हात पारे । फाइनलमा पराजित पासाङ ब्लोन द्वितीय स्थानमा रहदै नगद १० हजार, शिल्भर मेडल र प्रमाणपत्र प्राप्त गरे।
स्पर्धामा राकेश परियार तृतीय बन्दै नगद ७ हजार, प्रज्वल प्रधान चौथो बन्दै नगद ४ हजार र ब्रन्ज मेडल, प्रमाणपत्र हात पारे।

यसै गरी महिला स्क्वास फाइनलमा बिपना ब्लोनले स्वस्थानी श्रेष्ठलाई ११-५, ११-७ र ११-८ को स्कोरमा पराजित गरे।

बिपना ब्लोनले नगद १५ हजार, ट्रफि, गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरिन् भने द्वितीय हुने स्वस्थानीले नगद १० हजार, शिल्भर मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
स्पर्धामा अस्मिता नगरकोटी तृतीय स्थान प्राप्त गर्दै नगद ७ हजार र साक्षी सुनुवार चौथो स्थान मा रहँदै नगद ४ हजार तथा ब्रन्ज मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
महिला जुनियर तर्फ रेनसा महर्जन पहिलो स्थानमा रहँदै ट्रफि, नगद ६ हजार, रचना प्रजा दोस्रो ४ हजार, नियुक्ति श्रेष्ठ तेस्रो र प्रतिक्षा प्रजा चौथोले नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे।
त्यस्तै, नवप्रवेशी (नोभिस) महिला विधा तर्फ डोल्मा तामाङ, अलिशा प्रजा, आरोही महर्जन र दीपिका महतले नगद, मेडल र प्रमाणपत्र प्राप्त गरीन् ।
क्रमश: नवप्रवेशी (नोभिस ) ब्वाइज समूहमा हेलिस घिसिङले पहिलो ट्रफि, रेजन महर्जन दोस्रो, स्वयम श्रेष्ठ तेस्रो र क्रिश श्रेष्ठ चौथो स्थानमा रहँदै नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यसैबीच प्रमुख अतिथि बागमती प्रदेश सरकारका पूर्वमन्त्री मा. रामकृष्ण चित्रकारले विजयी खेलाडीहरुलाई एक कार्यक्रम बीच पुरस्कार वितरण गरे।
बागमती प्रदेश स्क्वास सङ्घका अध्यक्ष अमर राणाको सभा पतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष ध्रुव बहादुर गुरुङ, पूर्व अध्यक्ष किशोर महर्जन, बागमती संघका महासचिव शैलेश अमत्याको उपस्थिति रहेको थियो भने केन्द्रीय सचिव महेन्द्र लाल महर्जनले कार्यक्रम सञ्चालन गरेका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ