क्रिस्टियानो रोनाल्डोले गरेको निर्णायक गोलको मद्दतले पोर्चुगलले बुधबार जर्मनीलाई २–१ ले पराजित गर्दै नेन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
४० वर्षीय रोनाल्डोले नुनो मेन्डेसको लो पासलाई ६८औं मिनेटमा गोलमा गरे । त्यहि गोल निर्णायक बन्यो। त्यो उनको १ सय ३७औं अन्तर्राष्ट्रिय गोल हो।
पोर्चुगल फाइनलमा फ्रान्स वा स्पेनमध्ये एकसँग फाइनल खेल्नेछ। रोनाल्डोले गरेको गोलभन्दा पाँच मिनेटअघि मात्र फ्रान्सिस्को कोन्सेइसाओले बराबरी गोल गरेका हुन् ।
त्यसअघि ४८औं मिनेटमा फ्लोरियन भिर्ट्जको गोलमा घरेलु टोली जर्मनीले अग्रता लिएको थियो। पोर्चुगलले सन् २०१९ मा पहिलो संस्करणको उपाधि जितेको थियो ।
फ्रान्स र स्पेनबीच दोस्रो सेमिफाइनल बिहीवार स्टुटगार्टमा हुनेछ । फाइनल आइतवार म्युनिखमा हुनेछ।
