
नेपाल हेरिटेज रन हुने भएकोछ। ललिपुरस्थित होटल हिमालयमा सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । साथै मुख्य आयोजक रन रेस नेपाल र सहआयोजक मा एथ्लेटिक्स परिवारको आयोजनामा
काठमाडौं र ललितपुरका सम्पदा जोड़नेगरी यही जेठ २४ गते शनिबार गर्न लागिएको नेपाल हेरिटेज रन रेस नेपाल र एथ्लेटिक्स परिवार नेपाल को तयारी अन्तिम चरणमा पुणेको छ। त्यसअधि काठमाडौमा विश्व रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड
डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक बस्दैछ। जेठ २१ २ २२ गते ललिपुरस्थित होटल हिमालयमा बस्ने बैठकका लागि एम्स बोर्ड सदस्यहरु
काठमाडौ आउने क्रम सुरु भएको छ। एम्सको बोर्ड बैठक लगतै जेठ २३ गते शुक्रवार नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स हुँदेछ ।
नेपाल हेरिटेज रन विश्व सम्पदा सूचीमा परेका नेपाली सम्पदाको महत्व बुझाउन, संरक्षण तथा प्रबद्धनमा टेवा पुर्याउने उद्देश्यले नेपाल हेरिटेज रन
आयोजना गर्न लागिएको आयोजक रेस नेपालले जनाएको छ। एम्सको बोर्ड बैठक नेपालमा आयोजना हुन लागेको
सन्दर्भ पारेर हेरिटेज रन शुभारम्भ गर्न लागिएको हो।
विश्व सम्पदा सूचीमा परेका सम्पदाहरु जोड़नेगरी २५ किमी दूरीको दौड़को रुट तयार गरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु
भई थापाथली, पुलचोक, पाटन दरबार स्क्वायर, ग्वारको, एयरपोर्ट गेट, गौसाला, कमलपोखरी, दरबारमार्ग, लैनचौर, स्वयंम्भु, परोपकार,
बसन्तपुर, न्यरोड, रत्नपार्क, भद्रकाली, सुन्धारा, दशरथ रंगशाला पुगेर २५ किमी दौड पुरा हुनेछ। यस सँगे विद्यालयस्तरीय विद्यार्थी र भेट्रानतर्फ
५ किमी दौड समावेश गरिएको छ। तीन वटै विधाका दौड़का लागि दर्ता बिहिवारसम्म रहनेछ ।
रेस नेपालले हेरिटेज रन सन्चालनका लागि सबैलाई सहकार्य गर्न आग्रह गरेको छ। यस दौड़ सन्चालनका लागि नेपाल एथलेटिक्स परिवारसँग
सह आयोजकका रुपमा सहकार्य गरिएको छ। साथै राजन खत्रीलाई दौड व्यवस्थापनको संयोजकको जिम्मेवारी दिइएको छ।
२५ किमी तर्फका पुरुष तथा महिला विजेताले नगद एक लाख, उपविजेताले पचास हजार, तेस्रो हुनेले २५ हजार, चौथोले १० हजार, पाँचौले पाँच
हजार र छैटौंदेखि दशौ स्थानमा आउनेले जनही दुई हजार, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी, १८ बर्षमुनि पाँच किलोमिटर
छात्रछात्रा तथा महिला-पुरुष भेट्रानतर्फ शीर्ष दश जनालाई १० हजार, ६ हजार, ३ हजार, २ हजार र एक एक हजार प्रदान गरिनेछ । नेपालमा
पहिलो पटक हुनलागेको हेरिटेज रनले खेलाडीलाई उत्साह थप्रे अपेक्षा आयोजक रेस नेपालले लिएको छ।
एम्सको बोर्ड बैठक, कंग्रेस वा कन्फ्रेन्सका क्रममा रोड रेस गर्नुपर्ने प्रोटोकल छ। यसै अवसरलाई सदुपयोग गर्दे २५ किमीको नेपाल हेरिटेज
रन शुभारम्भ गर्न लागिएको हो। निजी तथा सरकारी दुवैको उत्साहजनक साथ पाए हरेक बर्ष नेपालमा कन्फ्रेन्स र हेरिटेज रन निरन्तरता
दिइनेछ’ आयोजक रेस नेपालका अध्यक्ष टीएस ठकुरीले भने’अन्तर्राष्ट्रियस्तरका धावक वा आयोजकहरुलाई नेपाल ल्याउने यो
प्रभावकारी माध्यम बन्न सक्छ, यसले नेपालको खेल पर्यटनमा योगदान गर्नसक्छ, यही सोंचबमोजिम कन्फ्रेन्स र हेरिटेज रन परिकल्पना
गरिएको हो ।’
नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्सविश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) सँगको
सहकार्यमा २३ जेठ शुक्रबार दौडसम्बन्धि अन्तर्राष्ट्रिय कन्फ्रेन्स आयोजना गरिएको छ। यस्तो कन्फ्रेन्स दक्षिण एशियामै पहिलोपटक नेपालमा
हुन लागेको हो।
कन्फ्रेन्समा शिक्षा, खेलकूद र पर्यटनसँग सम्बन्धित चारवटा सेसन रहने छन्। पहिलो सेसनमा एम्सका प्रेसिडेन्ट पाको बोरा ओसँग नेपाली
धाविका सन्तोषी श्रेष्ठले विशेष साक्षात्कार गर्नेछिन् । पाको विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन्।
त्यसैगरी, एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाण्डेले विद्धत प्रवचन दिनेछन् भने विश्वका प्रतिष्ठित म्याराथनका संचालक तथा प्रमुख
व्यक्तित्वले आपना अनुभव प्रस्तुति गर्नेछन् । यसैगरी ‘खेलकूद र पर्यटनआर्थिक र सांस्कृतिक सम्भावनाको ढोका खोल्दै’ र दिगो
भविष्यका लागि दौड स्वास्थ्य, शिक्षा, जलवायु कार्य र विश्वव्यापी एकतालाई प्रवद्र्धन गर्दी’ गरी दुई बिषय रहने छन्। हरेक सत्रमा दुई
विदेशी र दुई नेपाली गरी चार वक्ता र एक सहजकर्ता रहनेछन्।
एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरु रहेको मुलआयोजक
समिति गठन गरिनेछ । कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेशिया, भियतनाम, इन्डोनेसिया, सिंगापुर लगायत दक्षिण
एशियाली राष्ट्रहरु गरी दुई दर्जन बढ़ी देशका प्रतिनिधिको सहभागिता रहने छ।