
काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा सञ्चालन भएको “शहीद सुरोज शाक्य स्मृति काठमाडौं महानगरब्यापी अन्तर वडा टिम चेस प्रतियोगिता २०८२“ को पहिलो दिन तीन चरणका खेलहरू सम्पन्न भएका छन्।
प्रत्येक वडावाट ३ जना खेलाडी समावेश भई महानगरका जम्मा २० वटा वडाका सहभागी टिम मध्ये वडा नं. ७ र वडा नं. २५ संयुक्त अग्रस्थानमा रहन सफल बनेका छन्।
प्रतिस्पर्धाको तिन चरणको खेल पश्चात वडा नं. ७ ले टिम प्वाइन्ट ६ र ८ अंक प्राप्त गर्दै शीर्ष स्थानमा छन् । पहिलो वोर्डमा सिएम पुरुषोत्तम चौलागाईंले ३, दोश्रो वोर्डमा सिएम भगवती प्रसाद शर्मा ३ र तेस्रो वोर्डमा सजल न्यौपाने २ अंक जोडेका छन् ।
त्यस्तै, वार्ड नं. २५ ले पनि टिम प्वाइन्ट ६ र ७ अंक सहित संयुक्त शीर्ष स्थानमा रहन सफल भएका छन् । पहिलो वोर्डमा हिराकाजी श्रेष्ठ ३, एफएम रिजेन्द्र राजभण्डारी १ र रिया श्रेष्ठको ३ अंक योगदान रहेको छ।
प्रतियोगितामा वडा नं. २७, वडा नं. ३, वडा नं. १ र वडा नं. २४ ले समान ५ प्वाइन्ट बनाउदै संयुक्त दोश्रो स्थानमा अट्न सफल भएका छन्।
वार्ड नं. २७ ले ५ प्वाइन्ट बनाउने क्रममा टिमलाई राजेन्द्र बज्राचार्य २ दशमलब ५, महेश्वर लाल डंगोलले ३ र बिनिता कपालीले २ अंकको योगदान पु¥याएका छन्।
यस्तै वार्ड नं. ३ का जेनिश तामाङले २ दशमलब ५, डि बि कार्कीले २ र अभिनव पाण्डेले ३ अंकको योगदान दिदै टिमलाई ५ प्वाइन्ट जोड्न मद्दत गरेका छन्।
यस्तै वार्ड नं. १ का विजृश राजकर्णीकारले २, बुद्धि राजकर्णीकारले २ दशमलव ५ र हर्ष बर्धन राठीले ३ अंकको ब्यक्तिगत योगदान पु¥याउदै टिमलाई महत्वपूर्ण स्थानमा राखेका छन्।
वार्ड नं. २४ ले पनि ५ अंक बनाउने क्रममा बद्रिलाल नेपालीले ३, पुण्यमान कर्माचार्यले २ दशमलब ५ र स्पर्श सरावगीले १ अंकको ब्यक्तिगत योगदान गरेका छन्।
यसविच काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष चिनिकाजी महर्जन र सहिद सुरज शाक्यका आमा श्रीमती कुलदेवी शाक्यले संयुक्त रुपमा चेसको गोटी चालेर प्रतियोगिताको उदघाटन गरेका छन्।
कार्यक्रमका सभापति समेत रहेका वडा अध्यक्ष चिनिकाजी महर्जनले शुभकामना मन्तब्यमा समग्र खेल क्षेत्रलाई बिकास गर्न महानगरका वडाहरुलाई उत्प्रेरणा मिलोस् भनी बौद्धिक खेल बुद्धिचाल प्रतियोगिता आयोजना गरेको बताएका छन्।
