
बनेपा नगर टेबलटेनिस संघको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता जेठ १५ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष परमेश्वर श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
बनेपा नगरपालिकाको सहयोगमा हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख रुपैयाँ रहेको छ । तीनदिने प्रतियोगिताका खेलहरु बनेपाको बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसमा हुनेछ ।