सुरज राज थलाको अध्यक्षतामा नौ सदस्यीय ललितपुर जिल्ला डजबल संघकाे तदर्थ समिति गठन

ललितपुर जिल्ला डजबल संघकाे तदर्थ समिति गठन भएको छ। नेपाल डजबल महासंघ तदर्थ समितिका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधी सिद्धान्त भुजेलको अध्यक्षता र ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनको उपस्थितिमा सोमवार आयोजित भेलाले सुरज राज थलाको अध्यक्षतामा नौ सदस्यीय ललितपुर जिल्ला डजबल संघकाे तदर्थ समिति गठन गरेको हो।

कार्यसमितिका अन्य पदाधिकारीहरुमा मनिष महर्जन उपाध्यक्ष, सरु श्रेष्ठ सचिब, सुरज सिंह कोषाध्यक्ष रहेका छन्। त्यसैगरी समितिका सदस्यहरुमा सनिस श्रेष्ठ , गोविन्द श्रेष्ठ , रबिन्द्र महर्जन ,लिजा डंगोल र संजिव श्रेष्ठ सर्वसम्मत भएका छन्। उक्त कार्यक्रममा काठमाडौं जिल्ला प्रतिनिधि रामचन्द्र गौतम लगायतको उपस्थिति थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ