आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्री पुग्न नेपालले यूएईलाई हराउनै पर्ने

सोमबार नेपाल र यूएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाऊनका लागी नेपालले यूएईलाई हराउनै पर्ने दबाब रहेको छ । सोमबार हुने नेपाल र यूएईबीचको खेल नै निर्णायक हुने भएको छ । उक्त खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा हुनेछन् । नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनोटमा पुग्ने रहनेछ ।

यदि सोमबारको खेलमा यूएई विजयी भएमा नेपालले अर्को खेलमा थाइल्याण्डलाई हराएपनि सुपर थ्री मा पुग्ने छैन । किनकि यूएईको ८ अंक हुनेछ र नेपालले थाइल्याण्डलाई जिते पनि ७ अंक मात्र हुनेछ । यदि खेल वर्षाले रद्द भएमा भने नेपाल र थाइल्याण्डबीचको अन्तिम खेल निर्णायक बन्ने छ । हाल नेपालको ५ अंक र यूएईको ६ अंक रहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ