दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल उपाधि काठमाडौं महानगरपालिकालाई

दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिकाले जितेकोछ। गोदावरी बहुउदेश्यीय रंगशाला मैदानमा भएको खेलमा निर्धारित समय सम्म गोल रहित टुङियपछी खेल सिधै ट्राईबेकर मा धकेलिएको थियो। उक्त ट्राईबेकर मा काठमाडौं महानगरपालिकाले गोदावरी नगरपालिकालाई ८-७ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा उपत्यकाभित्रका १३ वटा नगरपालिकाको सहभागिता रहेको थियो । उक्त बिजेतालाई प्रमुख अतिथि महामन्त्रि गगन थापा, युवा तथा खेलकुद मन्त्रालय मन्त्री बागमती प्रदेशका मीनकृष्ण महर्जन, गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन लगायतले एककार्यक्रम बीच पुरस्क़ृत गर्नुभयो। प्रतियोगिताको विजेता काठमाडौं महानगरपालिकाले ५ लाख र दोस्रो हुने गोदावरी नगरपालिकाले ३ लाख रुपैयाँ प्राप्त गरेकोछ ।

साथै अनुसासित टोलीले ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ