
काठमाडौं, बैशाख ३० गते ।
२०८२ नेपाल एकायन कराते संघ साँखु शाखा, शंखरापुर नगरपालिका–५ को आयोजनामा हिजो प्रथम शंखरापुर उपत्यकाव्यापी एकायन कराते प्रतियोगिता २०८२, शंखरापुर नगरपालिका–३ जहरसिंह पौवास्थित कभर्डहलमा २९ वैशाख २०८२ मा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन समारोहमा शंखरापुर नगरपालिकाका प्रमुख श्री रमेश नापितज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाल एकायन कराते संघ साँखु शाखाकी शाखा प्रमुख विनिता थिङको सभापतित्वकमा संचालित उक्त कार्यक्रममा नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोल, दक्षिण एसियाली एकायन कराते महासंघका उपाध्यक्ष शशी कपाली, नेपाल एकायन कराते संघका केन्द्रीय सल्लाहकार विरकृष्ण श्रेष्ठ, शंखरापुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्य बहादुर तामाङ्ग, वरिष्ठ प्रशिक्षक एवं एकायन करातेका वरिष्ठ सल्लाहकार राम विष्ट, नगर खेलकुद विकास समिति शंखरापुरका अध्यक्ष श्रीराम श्रेष्ठ, शिलादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङ्ग, वेल्स सोतोकान करातेका अध्यक्ष प्रताप राउट समेतको विशेष आतिथ्यता रहेको थियो । साथै कार्यक्रम संयोजक नविन कुमार नापितको संयोजकत्वमा आयोजित प्रतियोगितामा महिला तथा पुरुष गरी जम्मा १३५ जना कराते खेलाडीहरुको सहभागिता रहेको थियो ।

महिलातर्फ ६ तथा पुरुषतर्फ ८ गरी जम्मा १४ वटा तौल समूहहरुमा प्रतियोगिताका खेलहरु संचालन भए को थियो । उक्त तालिका अनुसार महिलातर्फ ३० के.जी मुनि तौल समूहमा सविक्षा परियारले स्वर्ण, समिक्षा तामाङ्गले कास्य र इन्दिरा थिङ्गले रजत पदक प्राप्त गर्न सफल भए भने ३५ के.जी. मुनि तौल समूहमा रेखा रोकायाले प्रथम, अन्जु राईले द्वितीय र सुप्रिया के.सी.ले तृतिय स्थान हासिल गरिन्, त्यसैगरी ४० के.जी. मुनि तौल समूहमा समृद्धि शाहीले स्वर्ण पदक, हिस्मा तामाङ्गले कास्य पदक र सुयना खड्काले रजत पदक प्राप्त गर्न सफल भईन् । ४५ के.जी. मुनि तौल समूहमा विपना घिसिङ्गले स्वर्ण पदक, यमुना राईले कास्य पदक र साहाना भुजेल ले रजत पदक प्राप्त गर्न सफल भईन् भने ५० के.जी. मुनि तौल समूहमा सपना गोपालीले स्वर्ण पदक, कृपा खड्काले कास्य पदक र रेमिला राईले रजत पदक प्राप्त गर्न सफल भईन् ।

यसैगरी महिला खुल्ला तौल समूहतर्फ विनिता थिङ्ग र जानुका थिङ्गले क्रमशः प्रथम र द्वितिय स्थापन हासिल गरे भने सुसी तामाङ्गले तृतिय स्थान हात पार्न सफल भइन् । प्रतियोगिताको पुरुषतर्फ २५ के.जी. मुनि तौल समूहमा लविन कार्की प्रथम, अविशेक बस्नेत द्वितीय र रिदम अधिकारी तृतिय भएका थिए ।

३० के.जी. मुनि तौल समूहमा अरुण लामा प्रथम, जस्टिन कार्की द्वितीय र आयुष तामाङ्ग तृतिय स्थान हासिल गर्न सफल भएका थिए, भने ३५ के.जी. मुनि तौल समूहमा निरज बोहरा प्रथम, नरेश रावत द्वितीय र जेविसन थापा तृतिय भएका थिए । ४० के.जी. मुनि तौल समूहमा योगेश गुरुङ्गले प्रथम, उज्वल इङनामले द्वितीय र गणेश विष्टले तृतिय पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी ४५ के.जी. मुनि तौल समूहमा सुजन तामाङ्ग प्रथम, विवेक तामाङ्ग द्वितीय र सृजन थापा मगर तृतिय भएका थिए भने ५० के.जी. मुनि तौल समूहमा अनमोल श्रेष्ठले स्वर्ण, समिर बरामले कास्य र पवन तामाङ्गले रजत पदक हासिल गरे । प्रतियोगिताको ५० के.जी. मुनि तौल समूहमा सुवास नेपाली तथा पुष्कर रोकाया क्रमशः प्रथम र द्वितिय तथा प्रविण आलेमगर तृतिय भई क्रमशः स्वर्ण, कास्य र रजत पदक हासिल गर्न सफल भएका थिए ।

पुरुष खुल्ला तौल समूहमा विवेक रोकाया प्रथम, मनिष राई द्वितिय तथा सुमन तामाङ्ग तृतिय भएका थिए । विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लगायत अन्य विशिष्ट अतिथिज्यूहरुले प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गर्नु भयो। साथै अन्य सहभागी सम्पूर्ण खेलाडीहरु लगायत खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त प्रतियोगिताका निर्णयाधिशमा विष्णुमान शाक्य र भरत धौलाकोटी, मुख्य निर्णायकमा किशोर तामाङ्ग र रुपेश मगर तथा निर्णायकहरुमा सुरेश धौलाकोटी, शंकर धौलाकोटी, हिमाल सागर, मनोज राजवाहक, उर्मिला विश्वकर्मा, आशिष घिमिरे, राजेन्द्र तामाङ्ग, सुरेश कुमार तामाङ्ग, उज्वल विष्ट र राजेश श्रेष्ठ रहेको एकायन कराते महासंघका उपाध्यक्ष शशी कपाली ज्यूले जानकारी दिनु भयो ।
