
काठमाडौं । अखिल नेपाल फुटबल संघले साफ यू–१९ फुटबल प्रतियोगिता खेल्ने राष्ट्रिय यू–१९ पुरुष टोलीलाई विदाई गरेको छ ।
सोमबार भारतमा मे ९ देखि १८ सम्म हुने प्रतियोगिता खेल्न यू–१९ पुरुष टोलीलाई विदाई गरिएको हो ।
सोहीक्रममाअखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले टोलीमा रहेको सबै खेलाडीहरुलाई आफ्नो कौशलता देखाएर आउनशुभकामनादिएका छन् ।
टिममा प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठ र सहायक प्रशिक्षकमा विनोद श्रेष्ठ रहेका छन्। गोलकिपिङ कोचमा सन्जिव जोशी, व्यवस्थापकमा रविन खड्का, मंगलमहर्जन र फिजियोमा अनिश बुढाथोकी रहेका छन्।
६ टिम सहभागी यस प्रतियोगितालाई २ समूहमाविभाजन गरी खेलाइने छ। नेपालले समूह‘बी’मा रहेर प्रतियोगिता खेल्नेछ। समूह‘बी’मा नेपालसहितभारत र श्रीलंका रहेका छन्। समूह‘ए’मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ।
नेपालको साफ यू–१९ खेल्ने टोलीमा गोलकिपरमा भक्तबहादुर परियार, उपेन्द्र ल्वागुङ, विशेष बानिया, डिफेन्डरमा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का, मिडफिल्डरमा कृष्ण बहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङ्गेली मगर, रञ्जितलामा, सुवास बम, विजय खड्का र फर्वाडमा पवन पाख्रिन, धरवेन्द्र कुँवर, सुरज ढंगोल र प्रसुन तामाङ रहेका छन् ।