
काठमाडौं । किलियन एमबाप्पेले दुई गोलसहितचम्किएपछि रियल म्याड्रिडले लालिगामाआइतबार राति सेल्टाभिगोलाई ३–२ ले पराजित गरेको छ। यस जितले रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी चार अंकमा झारेको छ, र अब ‘एलक्लासिको’लाई निर्णायक बनाएको छ।
सान्तियागो बर्नाबेउमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । खेलको ३३ औंमिनेटमा सर्ट कर्नर पछि प्राप्त बललाई युवा मिडफिल्डर अरडागुलरले डिफ्लेक्सनमा गोल पोस्टको कुनामा पठाउँदै खाता खोले । त्यसको ६ मिनेटपछि, काउन्टर अट्याकको उत्कृष्ट समापनमा एमबाप्पेले गोलरक्षक गुआइतालाई छलाउँदै दोस्रो गोलथपे ।
दोस्रो हाफको सुरुवातमै एमबाप्पेले गुलरको थ्रु पासमादौडिँदै बाँया खुट्टाबाट पोस्टको कुनामा गोल गर्दैआफ्नो व्यक्तिगत दोहोरो गोल पुरा गरे ।
तर पाहुना टोली सेल्टा भिगो पछाडि हटेन । खेल सकिन २० मिनेट बाँकी रहँदाजाभी रोड्रिग्वेजले गोलगर्दैअन्तर घटाए।७६ औं मिनेटमा स्वेड बर्गको गोलले खेललाई ३–२ माल्यायो । त्यसपछिपनि सेल्टाले बराबरीको प्रयास जारी राख्यो, तर गोलरक्षक कोट्र्वाले अन्तिम क्षणमा उत्कृष्ट बचाउ गर्दै रियलको अग्रता जोगाए।