आईपीएलमा लखनउ विरुद्ध पञ्जाबको सानदार जित


काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पञ्जाबकिंग्सले सानदार जितनिकालेको छ।
लखनउ सुपर जायन्ट्स विरुद्ध ३७ रनको जित निकालेको हो । ब्याटिङमा प्रभसिमरन सिंह र बलिङमा आर्शदीप सिंह चम्किँदा यो जितसँगै पञ्जाब १५ अंक सहित तालिकाको दोस्रो स्थानमाउक्लिएको छ।
प्रभसिमरन सिंहले ४८ बलमा ९१ रन जोड्दा पञ्जाबले पाँच विकेटको क्षतिका २३६ रन बनाएको थियो ।जवाफमा लखनउ सात विकेटको क्षतिमा १९९ रनमा सीमितभयो । लखनउलाई सस्तैमा समेट्न आर्शदीप सिंहले चार ओभर बलिङ गर्दा मात्र १६ रन दिएर महत्त्वपूर्ण तीनविकेट हातपारे ।
जवाफी ब्याटिङका क्रममा २७ रनमा नै तीनविकेट गुमाएको लखनउकालागिआयुस बडानीले सर्वाधिक ७४ रन जोडे । ४० बलको सामना गरेकाउनले समानपाँचपाँचचौका र छक्काप्रहार गरे। अब्दुल समादले २४ बलमा ४५ रन जोडे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका लागिकप्तान श्रेयास ऐयारले २५ बलमा ४५ तथा शशांकसिंहले अविजित रहँदै १५ बलमा ३३ रन जोडे । पन्जाब १५अंकसहित दोस्रो स्थानमाछ। लखनउभने १० अंकसहित सातौं स्थानमाछ ।
आइतबार नै भएको पहिलो खेलमा भने कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई एक रनले पराजित गरेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ