राष्ट्रिय हक्कीमा कोसी र गण्डकी विजयी


काठमाडौं । कोसी र गण्डकीप्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ ।
नेपालहक्की संघको आयोजनामाललितपुरको च्यासलफुटबल मैदानमा बिहीबार पुरुषतर्फ कोसीले र महिलामा गण्डकीले जित निकालेका हुन् । पुरुषमा गण्डकी प्रदेशमाथि ५–३ गोल अन्तरको जितदर्ता गर्यो। कोसीको जितमा लक्ष्मण समारियाले ह्याट्रिकगर्दा आर्यन चौधरी र सुदीप चौधरीले समान एक गोल गरे । मधेसका रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काए । लक्ष्मण प्लेअर अफदीम्याच पनि भए र उनले दुई हजार नगद पुरस्कार पाए । खेलमाअग्रता लिए पनि जोगाउन नसक्दा मधेसले हार सामना गरेको हो ।
समूह ‘ए’ को कोसीले पहिलो खेलमा जित निकाल्दै तीन अंकबटुल्यो । चार टोली रहेको यस समूहमा त्रिभुवनआर्मीले पनि एक जित निकालेको थियो । पुरुषतर्फ लिगकमनकआउटकाआधारमा प्रतिस्पर्धा भैरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोसी प्रदेश छन् । आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । समूह ‘बी’ मा नेपालपुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमतीछन् । एपिएफ हक्कीमा नयाँ टिमहो । एपिएफले आफ्नो डेब्यु खेलमा बागमती प्रदेशसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्यो ।
बिहीबार महिलातर्फ भएको खेलमा गण्डकीले बागमतीलाई २–१ गोलले हराउँदै सुखद सुरुआत गर्यो । गण्डकीका मायौरी राई र गीता पुनमगरले समान एक गोल गरे । मायौरी प्लेअर अफदीम्याच भइन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलालघिसिङ र बोर्ड सदस्य प्रकाश कुसारीले महिलातर्फ प्रतियोगिताको उद्घाटन गरेका थिए । महिलामा भने नेपालआर्मी, गण्डकीप्रदेश, मधेस प्रदेश र बागमतीप्रदेश मात्र सहभागीछन् । यस प्रतियोगिता राउन्ड रोबिन लिगकाआधारमा प्रतिस्पर्धा हुँदै छ । राउन्ड रोबिनलिग पछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्तहुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ