नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन


काठमाडौं। नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिमच्याम्पियन बनेको छ ।
९ स्वर्ण, १ रजत र २ कास्य सहित १२ पदक जितेर पुलिसले प्रतियोगितामा वर्चस्व बनायो ।
सशस्त्रप्रहरी बल (एपिएफ) दोस्रो भयो। उसले ४ स्वर्ण, ६ रजत र ३ कास्य गरी १३ पदक प्राप्तगर्यो। त्रिभुवनआर्मी क्लबले ३ स्वर्ण, ६ रजत र२ कास्य पदकका साथ तेस्रो भयो । बागमती, कोशी र मधेश प्रदेशले पनि समान १ स्वर्ण पदकजितेको छ।
प्रतियोगिताको अन्तिमदिन शनिवार ६८ केजीमाथीको तौल समुहमा ऐतिहासिक पदक विजेता पुलिसकी एरिका गुरूङले स्वर्ण पदकजितिन् । उनले लुम्बिनीकी दिया थापालाई ९–० को अत्यन्त सहज नतिजामा पराजित गरिन् ।
महिला ५५ केजीमा पनि पुलिसकी सविना श्रेष्ठले स्वर्ण जितिन्। उनले फाइनलमा सोनु श्रेष्ठलाई १६–८ ले माथदिइन्। महिला ५५ केजीमा बागमती प्रदेशकीअञ्जली महर्जनले फाइनलमा प्रियंका शाहीलाई ९–३ ले माथदिइन् ।
पुरुष ७५ केजीमुनिपुलिसका राजीव पुडासैनी पहिलो भए । उनले फाइनलमाआर्मीका सिब्बु ओडलाई हराए । ५० केजीमा मधेश प्रदेशका राकेश मानन्धरले स्वर्ण जिते । उनले फाइनलमा कोशीप्रदेशका दीपेश राईलाई हराए।
टिम च्याम्पियन पुलिसले २ लाख, एपिएफले १ लाख र आर्मीले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुदविकास परिषद, बागमती प्रदेशद्वारा प्रायोजित ३ दिने प्रतियोगितामा पुरुषमा ८६ र महिलामा ७५ गरी कुल १ सय ६१ खेलाडीको सहभागिता थियो। पुरुषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा समावेश गरिएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ