एमएमकप नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित


काठमाडौं । मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रियक्रिकेट प्रतियोगिता ( एमएमकप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ।
मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनद्वारा आयोजित प्रतियोगिताको बैजनाथपुर क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशीप्रदेशका मुख्य मन्त्रि हिक्मतकुमार कार्कीले गर्नु भएको थियो ।
उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको विभागीय टोलि त्रिभुवनआर्मी क्लबले अर्को विभागीय टोलि शशस्त्रप्रहरी बल ( एपीएफ ) लाई २विकेटले पराजित गर्दैविजयी सुरुवात गर्यो ।
एपीएफले दिएको १३१ रनको लक्ष्य आर्मीले ३७. २ ओभरमा ८ विकेट गुमाएर भेटायो ।
आर्मीको ब्याटिंग मा प्लेयर अफ द म्याच समेत घोषित नरेन साउदले सर्वाधिक ६४ रन योगदान दिए जुन क्रममा उनले ८४ बलमा ७ चौका प्रहार गरे। सुमित श्रेष्ठले अविजित २१ रन बनाए जुनक्रममा ६५ बलमा २ चौका प्रहार गरे ।
पवन कार्कीले अविजित १० रन बनाए।कप्तानबिनोदभण्डारीले ८ रन, जितेन्द्र सिंह ठकुरीले ९ रन, इमरान शेखले ६ रन बनाउदा हिमांशु दत्ता र निश्चल क्षेत्रीले खाताखोल्न सकेनन् ।
६८ रनमा७विकेट गुमाएको अवस्थाबाट नरेन साउदले सुमितश्रेष्ठसंग आठौँविकेटको लागि ४० रनको साझेदारी गरे। नरेनको विकेट पछि श्रेष्ठले पवन कार्कीसंग नवौं विकेटको लागि २६ रनको साझेदारी गर्दै जित सम्म पुर्याए।
एपीएफको बलिंगमा देब्रे हाते स्पिनर दिवानपुनले सर्वाधिक ३ विकेट लिएजुनक्रममा १० ओभरमा १ मेडनओभर गर्दै १९ रन खर्चिए। बिकाशआग्री र भुवनकार्कीले समान २ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको एपीएफले ४४. ३ ओभरमा १३० रनमा सबै विकेट गुमायो। उसको लागिप्रकाश जैसीले सर्वाधिक ३४ रन बनाए। कप्तानभुवनकार्कीले २५, दिपक बोहराले १६, अविशेक पालले १२ तथाआयुष्मान बमले ११ रन बनाए।
आर्मीको बलिंगमा देब्रे हाते पेसर दुर्गेश गुप्ताले सर्वाधिक ३ विकेट लिएजुनक्रममाउनले ७ओभरमा १ मेडनओभर गर्दै १७ रन खर्चिए। नरेन साउद र बिशाल सुश्लिंगले समान २ विकेट तथा तुलबहादुर थापा र पवन कार्कीले १÷१ विकेट लिए।
प्रतियोगिता अन्तर्गत भोलि आइतबार हुने दोश्रो खेलमा एपीएफ र बागमती प्रदेश प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा ६ टिम सहभागीछन् जसलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह’ए’मा शशस्त्रप्रहरी बल, त्रिभुवनआर्मी क्लब र बागमतीप्रदेशछन्। समुह’बि’मा नेपालपुलिस क्लब, कोशीप्रदेश र भारतको आसामक्रिकेट टिम रहेकाछन्।
प्रतियोगिताको विजेताटोलीले रु. ४ लाख नगद सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ ।उपविजेता टोलीलाई रु. २ लाख नगद सहित ट्रफी, प्रमाणपत्र र मेडलदिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगद सहित ट्रफी प्रदानगरिनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ