
काठमाडौं । डि एल सर्फ स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफलभएको छ । विहिबार काठमाडौंमा सम्पन्न स्टार्टअप वल्डकपको नेपालको फाईनलमाडिएल सर्फ नेपालच्याम्पियन घोषित भएको हो ।
स्टार्टअप हब नेपालले आयोजना गरेको स्टार्टअप वल्र्डकपको नेपालको फाईनलमा विहिबार उत्कृष्ट १० र वैकल्पिक २ सहित १२ स्टार्टपले आफ्नो आईडिया पिच गरेका थिए । सहभागीटप १२ मध्ये ९ लाई पछिपार्दै क्लाउड स्टोरेज सोलुसन मानवप्रवर्तन ल्याउन सफल स्टार्टअप डिएल सर्फ च्याम्पियनहुन सफलभएको हो ।
विश्वभरका लगभग १०० देशहरुमाहुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो ।अमेरिकी स्याटलाइटकम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनीपिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफवर्ल्डकपको आयोजनाहुने गरेको छ । नेपालमाभने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वल्र्डकप नेपालभित्र्याएको हो ।
स्टार्टअप वल्र्ड कप नेपालले नेपालका उत्कृष्ट स्टार्टअपहरूलाई विश्वभरका लगानीकर्ता, सल्लाहकार, र उद्यमशीलव्यक्तिहरुसंग जोडेर उनीहरुको नेटवर्क विश्तारमा सहयोग गर्दै आएको छ । जसले गर्दा नेपाली स्टार्टअपहरुको विश्वप्रतिश्पर्धि क्षमताअभिवृद्धिहुनुका साथै नेपालको स्टार्टअप इकोसिस्टमलाई सबल र गतिशीलबनाउने आयोजनाविश्वास रहेको छ ।
यस कार्यक्रमको आयोजना स्टार्टअप हब नेपालले औद्योगिकव्यवसायविकास संस्थान सँगको सहकार्यमा गरिरहेको छ। आईसीटीएसोसिएसनअफ नेपाल, रोबोटिक्स एसोसिएसन नेपाल, तथाअन्यनवप्रवर्तन प्रतिप्रतिबद्ध संस्थाहरूले समेत कार्यक्रमलाई सहयोग र समर्थन गरेका छन्।
वल्र्ड ट्रेड ग्रुप नेपालले यसको सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत नेपालमा यो प्रतियोगिताभित्र्याएको हो ।
यो प्रतियोगिताले नेपाली स्टार्टअपहरूलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने स्टार्टअपवल्र्ड कपका साउथएसियाप्रमुखतथा नेपालकाअध्यक्षडा. शम्भु पोखरेलले जनाएकाछन् ।
बिजयीडिएल सर्फअमेरिकाको सिलिकनभ्यालिमाविश्वब्यापीप्रतिश्पर्धामा सहभागीहुने अबसर प्राप्त गरेका छन् ।स्टार्टअप विश्व बिजेताबन्न सकेमा एक मिलियनडलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएकाछन् ।