तेक्वान्दो टोली जापान जाँदै


काठमाडौं, बैशाख ११ गते ।
वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्दै छ । टोली राती ११ः०० बजे जापान प्रस्थान गर्ने छ ।
अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा अंकित गौतम, चन्द्रप्रसाद गौतम, खुशी गौतम, मलाइका घुल्लु, वीरेन्द्र हुमागाईं, योगेश योगी, सफल लामा, सुलभ शर्मा र खुशी जोशीले प्रतिस्पर्धा गर्ने छन् ।
टोली नेतामा प्रहलाद थापा तथा व्यवस्थापकमा विष्णु थापा, गंगाप्रसाद गौतम र प्रदिप थापा रहेका छन् । अन्तर्राष्ट्रिय निर्णायकद्वय टीकाप्रसाद लिम्बू र बब्लु सिवाकोटीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने   छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ