क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि यू-१९ का तीन खेलाडी पनि समावेश

काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘कोर क्याम्प’ को घोषणा गरेको छ ।

क्याम्पका लागि ५२ जना खेलाडीलाई नेपाल निलो, नेपाल हरियो, नेपाल रातो र नेपाल पहेँलो गरी चार वटा टिममा विभाजन गरिएको छ । टोलीमा १९ वर्षमुनिको राष्ट्रिय टोलीका खेलाडी पनि समावेश छन् ।

नेपाल ब्लु : रोहित कुमार पौडेल (क्याप्टेन), प्रज्वल थापा (विकेटकिपर), देव खनाल, अनिल कुमार साह (विकेटकिपर), शाकिब हक, सुर्य तामाङ, सुन्दीप जोरा, कुशल मल्ल, गुलशन कुमार झा, हेमन्त धामी, करण केसी, दिपेश प्रसाद कँडेल, युवराज खत्री रहेका छन् ।

नेपाल ग्रिन : आसिफ शेख (क्याप्टेन / विकेटकिपर), सोमपाल कामी, ईशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलीप नाथ (विकेटकिपर), विवेक कुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ला, रसिद खान, सन्तोष यादव रहेका छन् ।

नेपाल रेड : सन्दीप लामिछाने (क्याप्टेन), अर्जुन साउद (विकेटकिपर), त्रितराज दास, भीम शार्की, शुभ कंसाकार, शहाब आलम, बसीर अहमद, आरिफ शेख, लोकेश बम, नन्दन यादव, आकाश चन्द, प्रतिष जीसी, नरेन भट्ट रहेका छन् ।

नेपाल एल्लो : दिपेन्द्र सिंह ऐरी (क्याप्टेन), विनोद भण्डारी (विकेटकिपर), मयन यादव, कुशल भुर्तेल, सुजन थापालिया, ललित नारायण राजबंशी, अर्जुन घर्ती (विकेटकिपर), किरण ठगुन्ना, अविनाश बोहरा, रूपेश कुमार सिंह, कमल सिंह ऐरी, विशाल पटेल, दिपेन्द्र रावत रहेका छन् ।

माथिल्लो र तल्लो मूलपानी मैदानमा चार वटा टोलीका बीचमा अभ्यास खेल हुनेछ । क्याम्प आउँदो १३ गतेदेखि २० गतेसम्म राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा सञ्चालन हुनेछ । क्याम्पबाट स्कटल्यान्डमा हुने शृङ्खलाका लागि खेलाडी छानिने छन् ।

विश्वकप लिग–२ आउँदो जुनमा स्कटल्यान्डमा आयोजना हुँदैछ । नेपाल १२ खेलमा ६ अङ्कसहित सातौं स्थानमा छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ