ललितपुर सिटी एफसी नेपाल सुपर लिग को फाइनलमा

काठमाण्डाै – ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ गोलले हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो ।

दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरका पापा केवे र केर्भन्स बेलफर्टले एक–एक गोल गरे । यस्तै धनगढीका जर्ज प्रिन्स कार्कीले एक गोल गरे ।

पराजित भएको धनगढीले दोस्रो क्वालिफायरमा आज चितवन र पोखराबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्ने छ । दोस्रो क्वालिफायरको खेल बुधवार र तेस्रो संस्करणको एनएसएलको फाइनल खेल शनिवार हुनेछ । 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ