अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकप खेल्ने सपना सपनै रह्यो

आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्द हुँदा नेपाल विश्वकप खेल्ने सपना सपनै रह्योको छ ।

आज विहान भएको वर्षाका कारण मैदानमा असर पुगेको थियो । करिब ५ घण्टासम्म मैदान सुकाउने काम गरिएको भएपनि मैदानको केही भाग निकै खराब अवस्थामा रहेकाले अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरेकोहो ‌।

समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेका थिए । अफगानिस्तान रनरेट को आधारमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७-७ अंक भएपनि रनरेटकै कारण अफगानिस्तानले विश्वकप खेल्ने मौका पाएको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ