
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलालकडेलले प्रदेश सकारको नभई संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुदप्रतियोगिता स्थगितभएको बताएकाछन । खेलकुदक्षेत्रसँग सम्बन्धित संघ र प्रशिक्षकहरुसँगको आज भेटघाट कार्यक्रममा मुख्यमन्त्री कडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको समेत स्पष्टपारे ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमाआयोजना हुने तय भएको थियो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पटकपटक मिति सार्दासमेत आफूले खेल सुनिश्चितहुने गरि काम गर्न संघीय खेलकुद मन्त्रालयलाई सुझाब दिएको मुख्यमन्त्री कडेलले बताए । प्रतियोगिता गर्ने भन्ने तर प्रतियोगिताको लागि आवश्यक तयारीका सम्बन्धमाअलमल गर्ने खेलकुद मन्त्रालयको समस्याआफूले अनुभव गरेको पनि मुख्यमन्त्री कडेलले जानकारी दिए । पछिल्लो समय प्रतियोगिताको लागि सुर्खेतमा सचिवालय स्थापना भएपनि देखिने गरि कामनभएको मुख्यमन्त्री कडेलले असन्तुष्टी जनाँउदै आएकाथिए ।
खेलकुद प्रतियोगिता कर्णालीहुने भएपनि त्यसको मुख्यआयोजक संघीय सरकार भएकोले पूर्वाधारमा प्रदेशलाई सहयोग गरिएको आग्रहको समेत सुनुवाई नभएको मुख्यमन्त्री कडेलले जानकारी दिए । मुख्यमन्त्री कडेलले भने, ‘विगतमा अन्यन्त्र आयोजना गरिएका राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारमा लागि करोडौ खर्च गर्ने संघीय सरकारले कर्णाली प्रदेशमा निर्माणहुने पूर्वाधारमा पनि लगानी गर्नुपथ्र्यो, तर पूर्वाधारमा कुनै पनि लगानी भएन ।’ मुख्यम न्त्रीकडेलले प्रदेश दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताआयोजना गर्न प्रदेश सरकारबाट कुनै कमि हुननदिने पनि जानकारी दिए । उनले भने, आयोजक केन्द्र भए पनि कर्णालीको भविष्यसँग जोडिएको प्रतियोगिता सम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट पुरै सहयोग र सहकार्य हुन्छ । ’
एक अर्को प्रसङगमा मुख्यमन्त्री कडेलले प्रदेश रंगशालाको काम सकेर हन्तान्त्रण भएको दिन भुक्तानीको लागिकुनै समस्या नहुने बताए । उनले भने, निर्माण कम्पनीले कतिबेला १ प्रतिशतकाम बाँकी छ भन्ने कतिबेला सम्पन्नभयो भन्ने खालका कुरा गरिरहेको छ तर रंगशाला हस्तान्त्रण भएको छैन । काम सम्पन्नभएर हस्तान्त्रण भयो भने बाँकी रकमदिनप्रदेश सरकार तयार छ, हामीलाई कुनै समस्या छैन । ’ मुख्य मन्त्रीकडेलले निर्माणव्यवसायीले काम सकेर रंगशाला हस्तान्त्रण गर्नुभन्दा बाहानबाजीगर्दे हिडेको पनिबताए ।
रिक्त रहेको प्रदेश खेलकुदविकास समिति र जिल्ला खेलकुद विकास समितिमा नियुक्तीबारे छलफल गरेर चाडै टुंगोमा पुग्ने तयारी भएको मुख्यमन्त्री कडेलले जानकारी दिए । खेल पदाधिकारीहरुलाई मुख्यमन्त्री कडेलले प्रदेश खेलकुद नहुँदा पनि खेलकुदका गतिविधि नरोक्न र प्रतियोगिताको मिति घोषणा हुनासाथ बन्दप्रशिक्षणमा रहने खेलाडीहरुको लागि आवश्यक व्यवस्था गर्ने पनि बताए । उनले दोहोरो अंकको पदक हासिल गर्ने गरि तयारी गर्ने खेलकुद का प्रशिक्षकहरुलाई निर्देशन दिए ।
