अक्सफोर्ड फाइट नाइटमा २ खेलाडी


अक्सफोर्ड फाइट नाइटमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार भारतको केरला प्रस्थान गर्ने भएको छ ।
अप्रिल १९ तारिखमा हुने प्रतियोगिताको पुरुष ५४ केजीमुनि धर्मेन्द्र राम तथा ६३.५ केजीमुनि पेम्बा छिरिङले प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा सञ्जय राई रहेका छन् । टोलीलाई बागमती प्रदेश मुवाँथाई संघका अध्यक्ष मनीष लिवीले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ