लोकबहादुर गोलेले जिते उपाधि


थापाथली पार्क चेस क्लबले दुईदिने राष्ट्रब्यापि ¥यापिड १८०० रेटिङ्ग मुनिको चेस प्रतियोगिता सम्पन्न गरेका छन्। आयोजकले १० मिनेट १० सेकेण्ड इन्क्रिजमेण्ट समय तालिका भित्र जम्मा नौ चरणको स्वीस लिग प्रतिस्पर्धा सञ्चालन गरेको थियो।
       कूल १ लाख ७ हजार नगद पुरस्कार राशी रहेको राष्ट्रिय चेस स्पर्धामा सबै खेल जितेर पूर्ण ९ अंक जोड्दै मकवानपुरका लोकबहादुर गोलेले उपाधि जितेका छन्।
   जम्मा ५० जिल्लाका सहभागी खेलाडी विच उत्कृष्ट बन्दै १७६९ रेटेड लोकबहादुर गोलेले पुरस्कार राशी नगद रु.२० हजार, ट्रफि र गोल्ड मेडल हात पार्न सफल भएका छन्।
   यस्तै भक्तपुर जिल्लाका १८९६ रेडेट दामोदर गाँइजू एकल ७.५ अंक हासिल गर्दै दोश्रो स्थानमा उभिन सफल बनेका छन्। उनले ७ जित र एक बराबर खेल खेल्दै नगद रु. १५ हजार र शिल्भर मेडल प्राप्त गरेका छन्।
    प्रमुख निर्णायक अन्तर्राष्ट्रिय आर्विटर आईए ज्ञानेन्द्र खाइजूले पूर्व घोषणा गरेको नियम अनुसार डाइरेक्ट इन्काउण्टर, बुकोल्ज्स भारिएबल पारामिटर लागू गरिएको खेलमा जम्मा ८ जना खेलाडीले समान ७ अंक जोडेका थिए।
      यसै नियमका आधारमा आयोजक क्लबका १६९४ रेटेड फुर्वा लामा ५२.५ टाइब्रेक प्वाइन्ट जोडेर तेश्रो स्थान प्राप्त गरेका छन्। फुर्वाले पुरस्कार राशी नगद रू. १० हजार र ब्रञ्च मेडल हात पार्न सफल रहे।
      यसैगरी काठमाडौंका १७८४ रेटेड हेमराज भण्डारीले ५०.५ टाइब्रेक प्वाइन्ट प्राप्त गर्दै चौथो बनेर नगद रू.७ हजार जिते। चेस पार्कका १६८१ रेटेड राम तामाङले ५० टाइब्रेक प्वाइन्ट जोडेर पाँचौ भइ नगद रु. ५ हजार प्राप्त गरेका छन्।
      समान ७ अंक टाइब्रेक प्वाइन्ट कै आधारमा स्याङ्जाका १७८२ रेटेड सुशील सुवेदी, काठमाडौंका अनरेटेड अभिषेक श्रेष्ठ, १७९४ रेटेड रमेश बीर माली, बाराका १७७२ रेटेड निर्मल सापकोटा र रुकुमका १७७० रेटेड मिलन रोक्का क्रमशः छैटौं देखि दशौं स्थानमा रहँदै जनही ४÷४ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
      बुद्धिचाल खेलका विभिन्न विधामा उत्कृष्ट बनेका थप १७ जना खेलाडीले विधागत पुरस्कार पाउनेमा महिला तर्फ झापा जिल्लाकी पुनम प्रसाईं ५ अंक जोडेर प्रथम भईन भने काठमाडौकी बिनिता कपाली र सिन्दिरा जोशी समान ४.५ अंक बनाउदै दोश्रो र तेस्रो भईन।
      स्पर्धामा अनरेटेड तर्फ काठमाडौका गौरव नेपाल, कास्की जिल्लाका सुजन रानाभाट र दाङ जिल्लाका बेदु सरुमगर क्रमशः उत्कृष्ट बने। उत्कृष्ट सिनियर खेलाडी काठमाडौका डिबि कार्की र उत्कृष्ट स्थानिय भाईराजा प्रजापति छनौट भए।
     सँगसँगै युवा १०,१२,१४ र १६ वर्षमा छात्र तर्फ ललितपुर चेस एकेडेमीका साहस श्रेष्ठ, पेभेलियन चेस एकेडेमीका हार्दिक पन्त, पाल्पाका अग्रिम शैंजू र सिन्धुपाल्चोकका सजल न्यौपाने उत्कृष्ट ठहरिए ।
      यसै विधामा छात्रा तर्फ ललितपुर महालक्ष्मी चेस एकेडेमीवाट ग्लोसी श्रेष्ठ, काठमाडौकि विपाशना केसि, पेभेलियन कै नेलिशा ओझा र भक्तपुरकि यशस्वी शर्मा उत्कृष्ट बनीन्।
         यसैविच प्रतियोगिताका संयोजक एवं क्लबका अध्यक्ष सानुराज बज्राचार्यको सक्रियतामा सम्पन्न भएको प्रतिस्पर्धामा माओवादी नेता देव गुरुङ, नेपाल लोकतान्त्रिक खेलकुद संघका सहप्रवक्ता राजु ताम्राकार, नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट, ललितपुर महानगरपालिका २१ वडाका अध्यक्ष रविन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ