नेपाल उमन्स ओपन गल्फको उपाधि तारा कार्की चित्रकारलाई

राष्ट्रिय गल्फ टोलीकी खेलाडी तारा कार्की चित्रकारले नेपाल उमन्स ओपन गल्फ प्रतियोगिताको उपाधि जितेकी छिन्।

रोयल नेपाल गल्फ क्लबमा आज ताराले ३७ अंकका साथ सम्झना खत्रीलाई हराउँदै उपाधि जितेकी हुन्। उनले उपाधिसँगै इलेक्ट्रिक स्कुटर समेत हात पारिन्।

राष्ट्रिय टोली अर्की खेलाडी सम्झना ३६ अंकसहित दोस्रो भइन् । उनले तीन बर्डी प्रहार गर्दै मोस्ट बर्डिजको उपाधि पनि जितिन्।

अभनी राईले यु–१९ तर्फको उपाधि जितिन्। उनले ३४ अंक बनाएकी थिइन्। सन्ध्या राईले सिनियर र कल्याणी मोक्तानले सुपर सिनियरको उपाधि जितिन् । सन्ध्याले २६ अंक र कल्याणीले १३ अंक जोडे।

प्रतियोगितामा पार्वती सुवेदीले बेस्ट फ्रन्ट नाइन र अञ्जली योञ्जनले बेस्ट ब्याक नाइनको उपाधि जितिन् । पार्वतीले १८ र अञ्जलीले १९ अंक जोडेकीहुन,।

प्रतियोगितामा जुनी गुरुङले लङ्गेस्ट ड्राइभ, बलकशी गुरुङले क्लोजेस्ट टु द पिन, अञ्जलिका सिन्हाले स्ट्रेट ड्राइभ, रिजु राईले बेस्ट स्पोर्ट्सम्यानसिप र न्यायाधीश सपना प्रधान मल्लले लक्की ड्र को पुरस्कार प्राप्त गरे। आजको खेलबाट १० खेलाडीले आइतवार हुने दोस्रो तथा अन्तिम राउण्डमा स्थान बनाएका छन्। तारा कार्की चित्रकार, सम्झना खत्री, अञ्जली योञ्जन, अभानी राई, पार्वती सुवेदी, रानु बानियाँ, सुषमा सिंह, सुमित्रा लिम्बु, सन्ध्या राई र देवी पुलामी मगरले विश्व वरीयताका लागि खेल्नेछन्।

विजेतालाई अभिनेत्री मनिषा कोइराला, न्यायाधीश सपना प्रधान मल्ल , आरएनजिसी अध्यक्ष मधुकर याकतुम्बा क्याप्टेन मिथुन राई, लेडी क्याप्टेन तथा प्रमुख आयोजक अर्शिया बानु, नेपाल गल्फ संघका अध्यक्ष टासी घले लगायतले पुरस्कार प्रदान गर्नुभयो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ