इन्डियन प्रिमियर लिग चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित

बेंगलुरु — महेन्द्रसिंह धोनी कप्तानी भूमिकामा फर्किए पनि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सको टोली शुक्रबार कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित भएको छ । पाँचपटकको विजेता कोलकाता लगातार ५ खेलमा पराजित भएको छ । टस हारेपछि ब्याटिङमा आएको चेन्नईले निर्धारित २० ओभरमा १०३–९ को स्कोरमात्र बनाउन सक्यो । आईपीएलमा रहेको आफ्नो ७९ रनको न्युन स्कोर पार गर्न चेन्नईलाई हम्मे परेको थियो । रचिन रवीन्द्र ४, डेभोन कोन्वे १२, राहुल त्रिपाठी १६ र विजय शंकर २९ रन बनाए । विजयले २१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

नियमित कप्तान ऋतुराज गायकवड घाइते भएर आईपीएलबाट बाहिरिएपछि नेतृत्व जिम्मेवारी लिएका धोनी १ रनमै आउट भए । शिवम दुवे २९ बल खेल्दै ३ चौकासहित ३१ रनमा अविजित रहे । कोलकाताबाट सुनिल नारिनले ३ विकेट लिए । उनले ४ ओभरमा १३ रनमात्र खर्चे । हर्षित रानाले ४ ओभरमा १६ र वरुण चक्रवर्तीले ४ ओभरमा २२ रन खर्चेर २–२ तथा वैभव अरोरा र मोइन अलीले १–१ विकेट लिए । कोलकाताले १०.१ ओभरमै १ सय ७ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । ओभर बाँकी रहेको अन्तर हिसाबमा चेन्नईको आईपीएलमा यो सवैभन्दा ठूलो हार हो । प्लेयर अफ द म्याच नारिनले १८ बल खेल्दै २ चौका र ५ छक्कासहित ४४ रन बनाए । उनको ओपनिङ जोडी क्विन्टन डी कक १६ बलमा ३ चौकासहित २१ रन बनाई आउट भए । कप्तान अजिन्क्या रहानेले १७ बलमा २० र रिंकु सिंहले १२ बलमा अविजित १५ रन बनाएर कोलकातालाई छैटौं खेलमा तेस्रो जित दिलाएहो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ