ब्याडमिन्टन संघको तदर्थ समितिको संयोजकमा सुभाष श्रेष्ठ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२२ औं बोर्ड बैठकलेले विभिन्न ६ वटा खेल संघको कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरेको छ ।

शुक्रबार बसेको बैठकले विवादित ६ वटा खेल संघ विघटन गर्ने निर्णय गरेको हो । जसअनुसार नेपाल ब्याडमिन्टन संघको तदर्थ समितिको संयोजकमा सुभाष श्रेष्ठलाई जिम्मेवारी दिईएको छ।

त्यसैगरी अन्य खेलका तदर्थ समितिका संयोजकहरुमा एथलेटिक्सतर्फ राजीवविक्रम शाह, जिम्न्यास्टिक संघमा ध्रुवबहादुर, भारत्तोलनमा कानन चौधरी, साइकिलिङमा सुदीप पौडेल, टेनिसमा मनोहर दास मूल र ह्याण्डबलमा रामकृष्ण केसी रहेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ