यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटका लागि टोली घोषणा

आगामी सातादेखि नेपालमा सुरु हुने आईसीसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटका लागि संयुक्त अरब इमिरेट्स (यूएई) टोलीको घोषणा भएको छ । पृथ्वी मधुको कप्तानीमा टोली घोषणा भएको हो । टोलीमा पृथ्वीसँगै अक्षत राई, अलियसगर शुम्स, अता उर रहमान मंगाल, अयान मिस्बाह, करण ढिमान, माधव मनोज नायर, मुहम्मद अहमद, मुहम्मद इस्माइल, रायन खान, सालोम डिसुजा, उद्दिश सूरी, यायिन किरण र युग शर्मा छन् । टोलीको मुख्य प्रशिक्षक नविद अहमद रहेका छन् भने सहायक प्रशिक्षकको रूपमा जहूर खान रहेका छन् । नेपाल, अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी प्रतियोगितामा कुल १० खेल खेलिनेछन् । सिंगल राउण्ड रोबिन लिगपछि शीर्ष स्थान हासिल गर्ने एक टोलीले सन् २०२६ मा जिम्बावे र नामिबियामा संयुक्तरूपमा हुने यु–१९ विश्वकपमा स्थान बनाउने छ ।

प्रतियोगिताका सबै खेलहरू काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानको माथिल्लो र तल्लो मैदानमा सञ्चालन हुनेछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ