पाेखरा थन्डर्स द्वारा काठमाण्डौ २-० गोल अन्तरले पराजित

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पाेखरा थन्डर्सले काठमाण्डौ रेजर्सलाई हराएकाे छ । दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पोखराले काठमाण्डौलाई २–० गोलले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पोखराका लागि स्टेफेन समिर विनोङ र सुदिल राईले एक एक गोल गरे ।

स्टेफेन समिरले २५औं मिनेटमा गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा उनै स्टेफेनले पेनाल्टीमा मिस गरे । उनले हानेको पेनाल्टी काठमाडौंका गोलकिपर अभिषेक बरालले बचाए ।

पोखराका लागि सुदिल राईले ५८औं मिनेटमा दोस्रो गोल गरे 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ