सुपर लिग फुटबलमा चितवनको लगातार दोस्रो जीत

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा चितवन एफसीले लगातार दोस्रो जीत निकालेको छ ।

चितवनले हिजो भएको खेलमा बुटवल लुम्बिनीलाई एक गोलले हरायो । चितवनको जीतमा टोरिक जेब्रिनले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो ।

दुई खेलमा चितवनको ६ अङ्क भएको छ । उसले पहिलो खेलमा पोखरा थन्डर्सलाई हराएको थियो ।

तीन खेलमा बुटवलको एक अङ्कमात्रै छ । बुटवलले पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । अर्को खेलमा धनगढी एफसीसँग ४–१ ले हारेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ