एफसी चितवन सुपर लिगमा सानदार जित

एफसी चितवनले पोखरा थण्डर्सलाई २–० ले पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) २०२५ मा सानदार जित निकालेको छ ।

चितवनको जितमा विदेशी खेलाडी नोदिर माभलोनोभ र वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका नीरज चौधरीले गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा उज्वेकिस्तानी खेलाडी नोदिरले १५औं मिनेटमै गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । नीरजले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । जितपछि चितवनले ३ अंक सहित लिग सुरु गरेको छ । दुई गोलबाहेक दुवै टोलीले गोल गर्ने खासै राम्रो अवसर बनाउन सकेनन् ।

यो जितपछि चितवनले यसअघि दुई संस्करणमा व्यहोरेको हारको बदला समेत लिएको छ । साथै चितवनले पहिलो पटक लिगमा पहिलो खेलमा जित हात पारेको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ