सिंगापुर नेपालसंग पहिलोपटक पराजित

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पहिलोपटक पराजित गरेको छ ।यसअघि नेपालले सिंगापुरलाई हराउन सकेको थिएन ।

नेपाललाई शून्यका विरुद्ध एक गोलले जित दिलाउने क्रममा जिलेस्पी जंग कार्कीले एक मात्र निर्णायक गोल गरे। सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टच गोल गरेका हुन् ।

नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ