कप्तान लियोनल मेसीपछि अर्का स्ट्राइकर लौटारो मार्टिनेज पनि टिमबाट बाहिर

र्जेटिनाको राष्ट्रिय टिमलाई एक पछि अर्को झड्का लागेको छ।  कप्तान लियोनल मेसीपछि अर्का स्ट्राइकर लौटारो मार्टिनेज पनि अर्जेन्टिनाको टिमबाट बाहिर भएका छन्।

अर्जेन्टिनाले यसै साता फिफा विश्वकप छनोट खेलमा ब्राजिल र उरुग्वेको सामना गर्दैछ। अर्जेन्टिनी एफसीले मार्टिनेज ह्यामस्ट्रिङको कारण टिम बाहिर रहने जानकारी गराएको छ। 

इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानबाट खेलिरहेका मार्टिनेज अर्जेन्टिनी टिमका महत्वपूर्ण खेलाडी हुन्। अर्जेन्टिनाले फिफा विश्वकप र कोपा अमेरिकाको उपाधि जिताउँदा मार्टिनेज टिमका सदस्य थिए।

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा फेयेनोर्डविरुद्ध खेल्दा २७ वर्षीय मार्टिनेज घाइते भएका हुन्। तर, पनि प्रशिक्षक लियोनल स्कालोनीले मार्टिनेजलाई २३ सदस्यीय टिममा समावेश गरेका थिए। मेसी र मार्टिनेजसँगै अर्जेन्टिनी टिममा पाउलो ड्यबला, गोन्जालो मोन्टियल र जिओभानी लो सेल्सो हुने छैनन्।

विश्वकप छनोटअन्तर्गत अमेरिकी छनोटमा १२ खेलबाट २५ अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा छ। समान खेलबाट पाँच अंक कम भएको उरुग्वे दोस्रो स्थानमा छ। इक्वेडर भने १९ अंकसहित तेस्रो स्थानमा छ। १८ अंक जोडेको ब्राजिल पाँचौं स्थानमा छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ