डीसीसी कप’मा कीर्तिपुर नगरपालिका विजयी

काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डीसीसी कप’मा सोमवार सम्पन्न दुई छुट्टाछुट्टै खेलहरुमा
कीर्तिपुर नगरपालिका विजयी हुँदा अर्को खेल बराबरीमा टुंगिएको छ ।
जसअनुसार पहिलो खेलमा कीर्तिपुर नगरपालिकाले नागार्जुन नगरपालिकालाई ३ – ० गोल अन्तरमा पराजित गर्यो । कीर्तिपुरका लागि सुजन महर्जनले २४ औं र ५९ औं मिनेटमा गोल गरे भने ६९ औं मिनेटमा सुशान्त वस्नेतले अर्को गोल थपे। यसैबीच म्यान अफ दि म्याच कीर्तिपुर नगरपालिका सुशान्त वस्नेतलाई जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले पुरस्कार प्रदान गरे ।
त्यसैगरी दोस्रो खेल भने चन्द्रागिरि नगरपालिका र बुढानिलकण्ठ नगरपालिका बीच दुई दुई गोलको बराबरीमा टुंगिएको छ। चन्द्रागिरि नगरपालिकाका लागि अविरल रिजालले १२ औं र ४८ औं मिनेटमा गोल गर्दा बुढानिलकण्ठ नगरपालिका विवश पण्डितले १६ औं र जतिन बरालले १७ औं मिनेटमा गोल गरे। म्यान अफ दि म्याच चन्द्रागिरि नगरपालिकाका अविरल रिजाललाई जिल्ला समन्वय समिति काठमाडौंका सदस्य राजकुमार विडारीले पुरस्कृत गरे। प्रतियोगिताको विजेताले दुई लाख र उपविजेता टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि सशस्त्र प्रहरी बल, अखिल नेपाल फुटबल संघ (एन्फा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गरेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ