लुम्बिनीकाे चाैथाे जीत मधेशलाई ७५ रन ले हरायो

पिएमकप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई ८३ रनले हराएको छ ।

लुम्बिनीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको मधेश २६ ओभर ५ बलमा ७५ रन बनाउँदा अलआउट भयो । मधेशका दिपेश दासले सबैभन्दा धेरै २३ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले ४, बिप्रसन केसीले ३ विकेट लिए ।

यसअघि दाङको देउखुरी रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ५८ रन बनायो । लुम्बिनीका आकाश त्रिपाठीले ७३ रन बनाए । मधेशका विशाल पटेल र कमल गुप्ताले ३/३ विकेट लिए ।

प्रतियोगितामा लुम्बिनीको यो पाँच खेलमा चौथो जीत हो भने मधेशको चार खेलमा तेस्रो हार हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ