झापा एफ.सी . र हिमालयन बैंकबीच नेपाल सुपर लिग २०२५ को लागि औपचारिक बैंकिङ साझेदारी


झापा , नेपाल – ३ चैत्र २०८१ – झा पा फुटबल क्लबले नेपाल सुपरलिग (NSL) २०२५ को लागि हिमालयन बैंकलाई
आफ्नो आधिकारिक बैंकिङ साझेदारको रूपमा घोषणा गरेको छ। यो साझेदारी ले क्लबको वित्तीय तथा सञ्चालन
पक्षला ई थप मजबुत बनाउनेछ, जसले गर्दा झापा एफ.सी . उच्च स्तरको प्रति स्पर्धा को लागि तयारी गर्न अझ बलियो
हुनेछ।
नेपालको एक प्रतिष्ठित तथा विश्वासिलो वित्तीय संस्था हिमालयन बैंकले लामो समयदेखि खेलकुद तथा युवा विकासमा
योगदान पुर्‍याउँदै आएको छ। झापा एफ.सी . सँगको सहकार्य र्फत बैंकले नेपालको फुटबलको विकासमा टेवा पुर्‍याउने
मात्र नभई समुदाय तथा राष्ट्रविकासमा आफ्नो प्रति बद्धता पुनः पुष्टि गरेको छ।
“हामी हिमालयन बैंकलाई हाम्रो आधिकारिक बैंकिङ साझेदारको रूपमा स्वागत गर्न पाउँदा निकै हर्षित छौं । यस बैंकको
विश्वास र समर्थनले हाम्रो क्लबलाई अझ मजबुत बनाउनेछ। साथै, यस साझेदारी ले वित्तीय व्यवस्था पनलाई व्यवस्थित
बनाउँदै, हाम्रो ध्यान खेलमा केन्द्रित गर्न मद्दत गर्नेछ,” झापा एफ.सी . का महासचिब, सुजन गौतमले भन्नुभयो ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत, अशोक शम्सेर राणा भन्नुहुन्छ, “झापा एफ.सी . जस्तो प्रतिष्ठित
क्लबसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौं । नेपालमा फुटबलको विकासका लागि हाम्रो संस्थाले निरन्तर योगदान गर्दै
आएको छ, र यो साझेदारीले खेलाडीहरूला ई अझ राम्रो अवसर प्रदान गर्नेछ। हामी झापा एफ.सी . लाई नेपाल सुपर लिग
२०२५ मा सफलता को शुभकामना व्यक्त गर्न चाहन्छौं ।”
यस रणनीतिक साझेदारी सँगै, झापा एफ.सी . र हिमालयन बैंक दुवैले नेपाली फुटबलमा नयाँ कीर्तिमान स्थापित गर्ने,
खेलभावना अभि वृद्धि गर्ने तथा आगामी पुस्ताका फुटबलप्रेमी हरूलाई प्रेरित गर्ने लक्ष्य राखेका छन्

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ