२०औं महिला राष्ट्रिय कबड्डीको उपाधी एपीएफ क्लवलाई

एपीएफ क्लबले २०औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको फाइनलमा विभागीय टोली नेपाली सेनालाई हराएर एपीएफ च्याम्पियन बनेको हो । फाइनलमा एपीएफले सेनालाई २८-२२ को अन्तरले हराएको हो । उपाधि विजेता एपीएफक्लवले २ लाख र उपविजेता नेपाली सेनाले १ लाख प्राप्त गरेको छ ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ लाख, १ लाख र ५०÷५० हजार नगद पुरस्कार हात पारे ।
प्रतियोगितामा प्रहरीकी मानमति विष्ट उत्कृष्ट रेडर र एपीएफकी जयन्ती बडू उत्कृष्ट डिफेन्डर घोषित भए । दुवैले ४० इन्चको टीभी पुरस्कार पाए । तीनदिने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टिम सहभागी थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ