अन्तर पालिका डिसीसी कप हुने

काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डीसीसी कप’ हुने भएको छ।
चैत २ देखि ९ गतेसम्म हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाबाट सहभागी हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष वुढाथोकीले जनाएका छन्।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेता टोलीले एक लाख रुपैंया प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि सशस्त्र प्रहरी बल, अखिल नेपाल फुटबल संघ (एन्फा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गर्ने छन्।
काठमाडौं प्रमुख वुढाथोकीले अर्को वर्षदेखि प्रतियोगिता ७७ वटै पालिकाको सहभागितामा बृहत रुपमा आयोजना गर्ने लक्ष्य रहेको बताए।
उनले भने, “यो वर्षको प्रतियोगिताको सफलता पछि अर्को वर्ष हामी यसलाई देशब्यापी बनाउनेछौं।”

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ