
मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने भएको छ।
आयोजककाअनुसार यसपालिपाँच सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३७१ नेपाली र १३१ विदेशी गरी कूल ५०२ जनाको सहभागता रहनेछ । जसमध्ये पुरुषधावक ४०८ र महिलाधाविका ९४ जना रहेका छन् ।
पाँचौँ मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्स, एक सय किमी, ५० किमी, ३० किमी र दस किमीइभेन्टमा दौड हुनेछन् । १०० माइल्स स्वयम्भूस्थित सिङल ट्रिबाट सुरु भई सोही स्थानमाआएर सकिनेछ । १०० किमी रेस नगरकोटको सेरेन रिसोर्टबाट, ५० किमी रेस गोदावरीबाट तथा ३० किमी रेस सोलिड रक लज डोल्लु पर्मिङबाट सुरु हुनेछ । सबै रेस सिङगलल ट्री स्थित पवनाहाउसमापुगेर समाप्तहुनेछ ।
मन्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको क्वालिफायर पनिहो । मन्जुश्रीमाविजेताहुने खेलाडीहरु भियतनामाहुने एसिया ट्रेल मास्टर्समा चयन हुनेछन् । एसिया ट्रेल मास्टर्समा नेपाली खेलाडी उपाधिदावेदारको रुपमा रहने गर्दछ । सन् २०२३ मा रशिलातामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधिजितेका थिए ।
मन्जुश्री ट्रेल रेसअन्तर्गत १०० माइल्समापहिलो देखि तेस्रो हुनेले क्रमशः७५ हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछ । १०० किमीमापहिलो देखि तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार तथा ५० किमीमापहिलो देखि तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछ । ३० किमीमापहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार हुनेछ । १० किमीमाभने नगद पुरस्कार राखिएको छैन ।
मन्जुश्री ट्रेल रेसका कार्यवाहकअध्यक्ष नारायण आचार्यले किंवदन्तीअनुसार मञ्जुश्री चिनबाट नेपालसम्म हिँडेर आएको, त्यो बेला काठमाडौँ उपत्यकापानीले भरिएको र मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौँ बस्न लायकबनाएको कथा छ । त्यसैले प्रभावित यस रेसको नाममञ्जुश्री ट्रेल रेस राखिएको बताए ।
यसैगरी रेस डिरेक्टर आसिस मिश्रले पहिलो संस्करणमा सातजनाधावकमात्र रहेको संस्करण गर्दे अहिले पाँच सयभन्दा बढीले सहभािगताजनाउनलागेकोमा आफूलाई धेरै खुशीलागेको बताए ।

यसैगवरी धाविका रसिलातामाङले ट्रेल रेस नेपालीहरुकालागिअन्तर्राष्ट्रिय पदकको सम्भावनाभएको खेल हो, भनिन् । उनले यसपटक व्यवस्थापनमापनि सहयोग गर्नुपरेकोले खेल्ने,नखेल्ने निर्णय गरिनसकेको जानकारी पनिदिइन् ।