सहिद स्मारक ‘बी’ डिभिजन लिग वीरगन्ज युनाइटेड र च्यासल युथ क्लब बराबरी मा रोकियो

सहिद स्मारक ‘बी’ डिभिजन लिगको पहिलो खेलमा वीरगन्ज युनाइटेड र च्यासल युथ क्लबले अंक बाँडेका छन् । काठमाडौंस्थित दशरथ रंगशालामा प्रतियोगिताको उद्घाटन खेलमा च्यासल र वीरगन्जले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । 

४७औँ मिनेटमा च्यासलका मिरक लिङदेनको प्रहार वीरगन्ज युनाइटेडका गोलरक्षक प्रमिजय गच्छदारले विफल पारिदिए ।

७३औँ मिनेटमा वीरगन्ज युनाइटेडका सन्तबहादुर मगर गोल गर्नबाट चुके । पेनाल्टी बक्सभित्र उनले गरेको प्रहार गोल पोस्टभन्दा केही इन्चले बाहिरियो ।

इन्जुरी टाइममा च्यासलका गोलकिपर रोशन नेपालले वीरगन्जका सन्तबहादुर मगरको प्रहार सजिलै नियन्त्रणमा लिएकोहो । 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ