ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा ललितपुर स्पोर्ट्स अवार्ड  हुने

ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा ललितपुर स्पोर्ट्स अवार्ड २०८१ आयोजना हुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै २०८२ साल वैशाख २७ गते अवार्ड कार्यकम गरिने जानकारी दिएको हो ।

अवार्ड कार्यकम सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुनेछ । २०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल ललितपुर जिल्लाका खेलाडीहरुका लागि अवार्ड कार्यक्रम गर्न लागिएको हो ।

ललितपुर जिल्लाबाटै सहभागी भएका खेलाडीलाई प्रोत्साहन गर्न जिल्लाका खेलाडीहरुलाई मात्र अवार्ड कार्यक्रममा सहभागी गरिने र विभागीय खेलाडीलाई समावेश नगरिने आयोजकले जनाएको छ ।बागमती प्रदेश खेलकुद विकास परिषदको मुख्य प्रायोजकमा हुने ललितपुर स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला तथा प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ । उनीहरूलाई जनही १ लाख नगद पुरस्कार प्रदान गरिनेछ ।

उत्कृष्ट महिला र पुरूष खेलाडी तथा प्रशिक्षकलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट तथा उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकहरुलाई पाटन कृष्ण मन्दिर रहेको ट्रफी प्रदान गरिनेछ ।

छनोट समितिले महिला, पुरूष र प्रशिक्षक विधामा उत्कृष्ट ३ जनाको नाम सिफारिस गर्ने र त्यसबाट सर्वोत्कृष्ट खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।

अवार्ड कार्यक्रमको बजेट करिब ३० लाख रहेको आयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ