
नेपालले छैटौं एसियालीमहिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ । नेपालसंगै बंगलादेश पनि संयुक्त रुपमा तेश्रो भएकोछ । चीनमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य जितेको थियो ।
ईरानको राजधानी तेहरानमा सम्पन्न प्रतियोगितामा भारतले उपाधि जित्यो । ईरान उपविजेता भयो । एसियाली महिला कबड्डी प्रतियोगिता २०६० सालदेखि सुरु भएको कबड्डी संघले जनाएको छ ।
१० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली
मानमति विष्टको कप्तानीमा रहेको टोलीको अन्य खेलाडीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री रहेका थिय । फागुन २० देखि २५ गतेसम्म भएको प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी रहेको थियो । सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाएको थियो ।
अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा हरिना थापा र निर्णायकमा नितु गुरुङ रहेका थिय।