फिफा वरीयतामा चार स्थान माथि चढ्यो नेपाली महिला टिम

 नेपाली राष्ट्रिय महिला टोलीको फिफा विश्व वरीयतामा सुधार भएको छ। फिफाले शुक्रबार अद्यावधिक गरेको नयाँ वरीयतामा नेपाली टिम चार स्थान सुधार गर्दै ९९औँ स्थानमा उक्लिएको हो । नेपाली टिम यसअघि वरीयताको १०३औँ स्थानमा थियो । 

नेपालले यसै महिना घरेलु मैदानमा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेलेको थियो। लिग चरणमा कीर्गिस्तान र लेबनानालाई समान १–० ले पराजित गरेको नेपालले अर्को खेलमा वरीयतामा ४८औं स्थानमाथि रहेको म्यानमारलाई २–२ गोलको बराबरीमा रोकेको थियो। फाइनलमा भने म्यानमारसँग नेपाल २–० ले पराजित हुँदै १३औंपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेतामा सीमित भयो। वरीयताको दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत वरीयताको ६९औँ स्थानमा छ । तेस्रो स्थानको बंगलादेश १३३औँ स्थानमा छ । चौथोमा रहेको पाकिस्तान १५७औँ, पाँचौँ स्थानको श्रीलंका १५८औँ, छैटौँ स्थानको माल्दिभ्स १६३औँ र सातौँ स्थानको भुटान १७१औँ वरीयता क्रममा छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ