पहिलो रोजाइमा खेल्ने अवसर साम्बालाई

 नेपाली स्टार फुटबलर सावित्रा भण्डारीले फ्रेन्च महिला लिगमा इए गुइगाम्पका लागि पहिलो रोजाइमा खेलेकी छन् । पहिलो पटक फ्रेन्च लिग खेल्ने नेपाली खेलाडीको कीर्तिमान बनाएकी सावित्राले शनिवार पेरिस एफसीविरुद्ध पहिलो रोजाइमा खेल्ने अवसर पाएकी हुन् ।

यसअघि उनले खेलेको चार खेलमा वैकल्पिक खेलाडीको रुपमा खेल्दै एक गोल समेत गरेकी थिइन् । पहिलो पटक सुरुवात गरेकी उनले पूरा ९० मिनेट मैदानमा बिताएकी थिइन् ।

सावित्रा पहिलो रोजाइमा खेलेको खेलमा उनको टोली भने पेरिस एफसीसँग ४-० ले पराजित भयो । पहिलो हाफमा तीन गोल बेहोरेको गुइगाम्पकाले दोस्रो हाफमा थप एक गोल खाएको थियो । जितपछि पेरिस १६ खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ । गुइगाम्प भने १७ खेलबाट १५ अंकसहित दशौ स्थानमा छ । गुइगामप पछि रहेका लिलको ८ अंक र बोर्डोको ७ अंक छ । १२ टोली सहभागि लिगमा अन्तिम २ टोली रेलिगेसनमा पर्नेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ